close

गोदावरीमा विद्यालयस्तरीय विज्ञान प्रदर्शनी हुने

गोदावरीमा विद्यालयस्तरीय विज्ञान प्रदर्शनी हुने

Trulli
ADVERTISEMENT

ललितपुर । गोदावरी नगरपालिकाले माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शनी गर्ने भएको छ । नगरपालिकाको आयोजनामा आगामी पुष ३ गते सो प्रदर्शनी हुन लागेको हो । 

प्रदर्शनी प्याङगाउँस्थित वाणी विलास माध्यमिक विद्यालयमा बिहान १० बजेदेखी सुरु हुने पालिकाले जनाएको छ । विद्यार्थीको सीप र ज्ञानलाई प्रोत्साहन गर्नको लागि सो कार्यक्रमको आयोजना गरिएको पालिका प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइरालाले बताए । 

उनका अनुसार सो कार्यक्रममा नगरभित्र सञ्चालनमा रहेको सामुदायिक विद्यालयको सहभागिता हुने छ । हरेक समूहमा एक जना शिक्षकसहित दुई जना विद्यार्थीको सहभागिता हुने उनले बताए । 

प्रदर्शनीमा उत्कृष्ट छनौटमा भएका विद्यालयलाई जिल्लास्तरीय कार्यक्रममा सहभागिताको लागि सिफारिस गरिने सो सूचनामा उल्लेख गरिएको छ ।