close

तीन तहको क्षेत्राधिकारको पुस्तक ल्याउन आवश्यक : पूर्वमन्त्री ज्ञवाली

तीन तहको क्षेत्राधिकारको पुस्तक ल्याउन आवश्यक : पूर्वमन्त्री ज्ञवाली

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री युवराज ज्ञवालीले संघीय सरकार लागू भएसँगै अन्योलमा काम भइरहेको बताए । उनले संघ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार स्पष्टता नभएकाले अन्योलमा काम गर्नु परेको बताए । 

आइतबार काठमाडौंमा आयोजित  गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो महाधिबेशनमा सहभागी भएका उनले स्थानीय तह, प्रदेश र सरकारले गर्नुपर्ने काम के के हो छुट्याएर पुस्तिका बनाउन जोड दिए । 

उनले मुलुकको परिवर्तन र विकासको लागि सबै दल मिलेर काम गर्नु पर्ने बताए ।  निर्वाचनबाट जितेर आएपनि सबै दल मिल्नु पर्ने उनको धारणा छ ।