close

भरतपुरमा हात्तीको आक्रमणबाट एकको मृत्यु

भरतपुरमा हात्तीको आक्रमणबाट एकको मृत्यु

Trulli
ADVERTISEMENT

जंगली हात्तीको आक्रमणबाट चितवनका एक वृद्धाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका वडा नम्बर २८ अन्द्रौली मेघौलीकी ७० वर्षीया भागिरथी सुवेदीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

शनिबार बेलुकी साढे ८ बजेतिर आँगनमा आगो तापिरहेकी सुवेदीलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।

उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।