close

अनधिकृत संरचना हटाउन गृह मन्त्रालयसँग सहयोग माग

अनधिकृत संरचना हटाउन गृह मन्त्रालयसँग सहयोग माग

Trulli
ADVERTISEMENT

काठमाडौं। काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेका अनधिकृत संरचना हटाउन गृह मन्त्रालयलाई सहयोग र समन्वयका लागि आग्रह गरेको छ ।

बुधबार महानगरले पत्र लेख्दै थापाथलीमा रहेका अनधिकृत संरचना हटाउन पटकपटक प्रयास भएपनि सफल हुन नसकेको भन्दै मन्त्रालयको सहयोगको माग गरेको हो। तत्काल ‘थापाथलिस्थित अनाधिकृत बस्ती हटाइ त्यहाँको सौन्दर्यीकरणको काम सुरु गर्ने महानगरको कार्यक्रम रहेकाले बस्ती हटाउन आवश्यक सहयोग र समन्वयको लागि अनुरोध गरिएको हो,’ पत्रमा भनिएको छ । 

साथैे अतिक्रमित संरचनालाई हटाएर सहरको संरक्षण र साैन्दर्यीकरण गर्ने अभियानकै रुपमा चलाउन आवश्यक रहेको महानगरको भनाई छ ।

मन्त्रालयलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई अनाधिकृत संरचना हटाउन महानगरसँग समन्वय गराउन महानगरले पत्र मार्फत अनुरोध गरेको हाे ।