close

नगर विकास काेषकाे एक दिने कार्यशाला गाेष्ठी सुरू

नगर विकास काेषकाे एक दिने कार्यशाला गाेष्ठी सुरू

Trulli
ADVERTISEMENT

काठमाडाैँ । नगर विकास काेषकाे एक दिने कार्यशाला गाेष्ठी सुरू भएकाे छ। खानेपानी तथा सरसफाई आयाेजनामा वीमाकाे आवश्यकता सम्बन्धि गाेष्ठी काठमाडाैंस्थित एल्लो प्यागाेडा सुरु भएकाे हाे ।

गाेष्ठीमा देशभरका नगरपालिकाका उपभोक्ता समितिका पदाधिकारीकाे सहभागिता रहेकाे जनाइएकाे छ। काेषका उपप्रबन्धक सूर्यबहादुर कार्कीले  गाेष्ठीकाे औपचारिक  उद्घाटन गरेका छन्। उनले कार्यक्रममा बाेल्दै कुनैपनि आयाेजना विपतमा नपराेस् भनेर निर्माण गरिए पनि प्राकृतिक विपत्तिलाई नकार्न नसक्ने बताए।

उनले खानेपानी विमाले उपभोक्ता समितिलाई आयाेजनालाई निरन्तरता दिन सघाउने विश्वास व्यक्त गरे। बिमा गर्न आजकाे गाेष्ठीले महत्त्वपूर्ण भूमिका रहने उनकाे भनाई छ। कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक माधव अधिकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रघुराम विष्टकाे समेत सहभागिता रहेकाे छ।