close

कात्नेखोला सुरक्षित खानेपानीयुक्त वडा घोषणा

कात्नेखोला सुरक्षित खानेपानीयुक्त वडा घोषणा

Trulli
ADVERTISEMENT

रुकुमपूर्व। भूमे गाउँपालिकाक वडा नं २ सुरक्षित खानेपानीयुक्त वडा घोषणा भएको छ । 

पालिकामा रहेको पानीको गुणस्तर परीक्षण टोलीले निरन्तर गरेको जाँचका आधारमा पानीमा इकोली तथा कोलिफर्मजस्ता कीटाणु नपाइएकाले उक्त क्षेत्रलाई सुरक्षित खानेपानीयुक्त क्षेत्र घोषणा गरिएको गाउँपालिकाले जनाएको छ। 

‘एक घर, एक धारा’ रहेको वडाको कात्नेखोलामा करिब ६५ घरधुरीले प्रयोग गर्ने पानीमा कुनै कीटाणु नपाइएपछि सुरक्षित खानेपानीयुक्त वडा घोषणा भएको हो । यो क्षेत्र मे गाउँपालिकाको पहिलो सुरक्षित खानेपानीयुक्त वडा बनेकाे छ।