close

आधारभूत स्वास्थ्य अभावले अकालमा ज्यान गुमाउन नपरोस्: नगरप्रमुख प्रजापति

आधारभूत स्वास्थ्य अभावले अकालमा ज्यान गुमाउन नपरोस्: नगरप्रमुख प्रजापति

Trulli
ADVERTISEMENT

 भक्तपुर । भक्तपुर नगरपालिकामा खोपसम्बन्धी सूक्ष्म कार्ययोजनासम्बन्धी गोष्ठी सम्पन्न भएको छ । नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । 
 
नगरप्रमुख सुनील प्रजापतिले  कुनै पनि बालबालिका खोपबाट बञ्चित नहोस् भन्ने उद्देश्यले खोप कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुनुपर्ने बताए ।

सरकारबाट निःशुल्क रुपमा प्राप्त हुने आधारभूत स्वास्थ्य सेवा नपाएर धेरै नागरिकहरुले अकालमा ज्यान गुमाउन परिरहेको उनले दुखेसो व्यक्त गरे  प्रस्तुत गर्दै उनले स्वास्थ्य संस्थाहरु व्यापक जनताको सेवाको निम्ति सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरे।

 राज्यलाई बलियो बनाउने उद्देश्यले १०० शैय्याको ख्वप अस्पताल सञ्चालन गरी जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताए। भक्तपुर नपाले नगरभरि निःशुल्क रुपमा स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको उनले बताए ।