close

चाँगुनारायणको १२ औँ नगरसभा सुरु

चाँगुनारायणको १२ औँ नगरसभा सुरु

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकाको नगरसभाको १२ औँ अधिवेशन सुरु भएको छ । मंगलबार नगरपालिकाको वडा नम्बर ७ स्थित तपादम्फोस्थित सभाहलमा अधिवेशन सुरु भएको हो । 

नगरसभा पुष २६ गतेदेखि २८ गतेसम्म ३ दिन सञ्चालन हुने नगरपालिकाले जनाएको छ । नगरसभामा चालू आर्थिक वर्ष २०७९ र ०८० मा सञ्चालन भइरहेको योजना र विकास निर्माण कार्यबारे छलफल हुने नगरपालिकाले जनाएको छ । 

नगरसभामा विभिन्न एजेण्डा र ऐनहरुमा छलफल हुने छ । नगरपालिकाले नगरसभालाई लक्षित गरी मंगलबार पालिकाबाट दिन सेवाहरु स्थगन गरेको छ । अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरामणी सुवेदीले बताए ।