close

धुलिखेलमा ज्येष्ठ नागरिकलाई सम्मान

धुलिखेलमा ज्येष्ठ नागरिकलाई सम्मान

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक। धुलिखेल नगरपालिका–९ मा स्थानीय ज्येष्ठ नागरिक र लामो समयसम्म राजनीतिक, सामाजिक, धार्मिक एवं सरकारी सेवामा समर्पित भएका नागरिकलाई सम्मान गरिइएको छ ।

वडा कार्यालयद्वारा शनिबार काभ्रेभञ्ज्याङमा आयोजित कार्यक्रममा सामाजिक सेवाका अग्रज  तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । समाज परिवर्तनमा ज्येष्ठ नागरिकले गरेको योगदानको स्मरण एवं कदर गर्दै उनीहरूलाई दीर्घजीवनको कामनासहित सम्मान गरिएको वडाध्यक्ष बद्रीप्रसाद हुमागाईँले बताए। सम्मानितलाई दोसल्ला र सम्मानपत्र तथा ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केटसमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले अग्रज पुस्ताको सही मार्गनिर्देशअुसार नयाँ पुस्ता सामाजिक यात्रामा हिँड्नुर्पे बताए। नगर उपप्रमुख निराजन जङ्गम, राष्ट्रिय भूमि आयोगका जिल्ला सदस्य वासुदेव हुमागाईँलगायतले अग्रजको सामाजिक कामको अनुशरण गर्दै आफूहरू सामाजिक सेवामा लागेको बताएका छन्।