close

असल आमालाई नायायण सरकारको सम्मान

असल आमालाई नायायण सरकारको सम्मान

Trulli
ADVERTISEMENT

दैलेख । नारायण नगरपालिकाले असल आमाहरूलाई सम्मान गरेको छ।  नगरपालिकाले एक समारोहको बीचमा पालिकाभित्रका असल आमालाई दुई हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मान गरिएको हो । 

चालू आर्थिक वर्ष २०७९ र ०८० को स्वीकृत कार्यक्रम अनुसार छनोट भएका १०५ जना आमालाई सम्मान गरिएको हो । स्वास्थ्य शाखाका संयोजक नगेन्द्रबहादुर हमालको अनुसार पहिलो चरणमा सो महिलालाई सम्मान गरिएको हो । 

उनले वडाका ११ वटा वडामध्ये १ देखि ९ सम्मका महिलालाई सम्मान गरिएको र बाँकी रहेकोलाई सम्बन्धित वडामा सम्मान गरिने नगरपालिकाले जनाएको छ ।

असल आमा छनोटका लागि नगरपालिकाले विभिन्न मापदण्ड तय गरेको उनले बताए ।