close

ढुंगेधारा र भूमिगत पानीको पुनस्थापना गर्दै महानगर

ढुंगेधारा र भूमिगत पानीको पुनस्थापना गर्दै महानगर

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले  ढुंगेधारा र भूमिगत पानी पुनस्थापना गर्ने भएको छ । महानगरपालिकाले इञ्जिनियरिङ् अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सहकार्यमा पुनस्थापना गर्न लागेको हो । 

महानगरभित्र मानव बसोबास योग्य बनाइ राख्न पानीका प्राकृतिक स्रोत तथा यसको पुनभरणको रैथाने विधिलाई बैज्ञानिक कोणबाट अध्ययन गर्नु पर्ने आवश्यकता महसुस गरेर इञ्जिनियरिङ् अध्ययन संस्थानसँग सम्झौता गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको भनाइ छ ।

 यसका लागि आज महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र क्याम्पस प्रमुख डा.इन्द्रप्रसाद आचार्य बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 


विज्ञहरुबाट काठमाडौँ उपत्यकाको ढुङ्गेधारा प्रणाली र भूमिगत पानीको सतह सम्बन्धी घटना क्रम अध्ययन गर्नु सम्झौता बमोजिमको मुख्य काम रहेको बताइएको छ । 

अध्ययनमा हिटी (ढुङ्गेधारा) निर्माण, उपयोग तथा संरक्षण सम्बन्धी रैथाने ज्ञान र सीप, वर्तमान अवस्था, प्रणालीसँग धार्मिक, सामाजिक र परम्परागत स्थानहरुको सौन्दर्यको पक्ष समेटिनेछ । यस्तै प्राचीन प्रणाालीसँग खानेपानीका आधुनिक पाइप लाइन विस्तारको सम्बन्ध हेरिनेछ । त्यस्तै आधुनिक विकाससँग परम्परागत ढुङ्गे धारा प्रणाली संरक्षणको योजना र विकासमा अध्ययन गरिनेछ ।

अध्ययनबाट देखिएको अवस्थाका आधारमा आकाशे पानी संकलन तथा पुनभरण, ढुङ्गेधाराको दिगो उपयोग र संरक्षण गर्नको लागि दुई बर्षीय सम्झौता भएको जनाइएको छ ।