close

प्रहरी विटमा महानगरको डोजर

प्रहरी विटमा महानगरको डोजर

Trulli
ADVERTISEMENT

काठमाडौं। काठमाडौं महानगरपालिकाले मैतीदेवीचोकस्थित प्रहरी विटमा डोजर चलाएको छ ।

मंगलबार दिउँसाे नगर प्रहरी टोली मैतीदेवी पुगेर विट हटाउन आग्रह गरेको थियो। प्रहरीले विटमा रहेका सामान सारेपछी महानगरपालिकाको डोजरले प्रहरी विट भत्काएको हो । 

मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको विट निर्माण भएको थियो । महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार अर्को ठाउँमा प्रहरी विट व्यवस्थापन गरेर मैतीदेवी चोकको प्रहरी विट हटाउन लागिएको हो।