close

बुटवलको ६४औं स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम आजदेखि सुरु

बुटवलको ६४औं स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम आजदेखि सुरु

Trulli
ADVERTISEMENT

रुपन्देही ।  बुटवल उपमहानगरपालिकाको ६४औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको छ ।  उपमहानगरपालिकाले स्थापना दिवसको अवसर पारेर शुक्रबारदेखि सप्ताह व्यापी कार्यक्रम सुरु गरेको हो ।

उपमहानगरपालिकाको अनुसार पालिकामा रक्तदान, मैत्रीपूर्ण फुटबल, भलिबल, टेबलटेनिस, घैटोफोर, कुर्ची दौड प्रतियोगिताको आयोजना गरिएको छ  । 


रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख खेलराज पाण्डेयले स्थापना दिवसको अवसरमा कर्मचारी एशोसिएशनको आयोजनामा खेलकुद कार्यक्रमहरु हुने र फागुन ३ गते मूल कार्यक्रम आयोजना हुने बताए । उनले मैत्रीपूर्ण खेलकुद कार्यक्रमहरुले मैत्रीपूर्ण भाव सिर्जना गर्ने र सम्बन्ध बलियो बनाउने बताए । 

उपप्रमुख सावित्रादेवी अर्यालले सिर्जनात्मक कार्यक्रमले आपसी सम्बन्ध बलियो बनाउन मदत पु¥याउने बताए । 
रक्तदान कार्यक्रममा ६४ पिन्ट रगत संकलन भएको कर्मचारी एशोसिएशनका अध्यक्ष अनिल कुमार माण्डब्यले जानकारी दिए ।

सप्ताहव्यापी कार्यक्रमअन्तरगत शुक्रबार अन्तरपालिका महिला भलिवल प्रतियोगिता शुरु भएका छन् । शनिबार रुपन्देही जिल्लाका १५ पालिका तथा पाल्पाको तिनाउ गाउँपालिकाका प्रमुख, उपप्रमुखसहितको टीमसँग बुटवल उपमहानगरपालिकाका प्रमुख, उपप्रमुखसहितको टीमबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको माण्डव्यले बताइन् । 

आइतबार बिहान नेपाल पत्रकार महासंघ रुपन्देही र राजनैतिक दलहरुका बीचमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता, महिला र पुरुष कर्मचारीबीच खुला टेबलटेनिस प्रतियोगिता, फागुन १ गते महिला जनप्रतिनिधि र महिला कर्मचारीबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता, अन्तर महाशाखा पुरुष भलिबल प्रतियोगिता कार्यक्रम रहेको ठगिश्वर पोखरेलले बताए ।

यस्तै फागुन २ गते महिला, पुरुष जनप्रतिनिधि र कर्मचारीबीच घैटोफोर, कुर्सी दौडलगायतका कार्यक्रम आयोजना गरेको उनले बताए ।


मुल समारोहमा उत्कृष्ट कर्मचारी, करदाता, विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पुरस्कार वितरण र सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए ।