close

अन्तरंग सेवाको वार्षिक समीक्षा सम्पन्न

अन्तरंग सेवाको वार्षिक समीक्षा सम्पन्न

Trulli
ADVERTISEMENT

 भक्तपुर ।  भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको अन्तरंग सेवा विस्तारको  वार्षिक समीक्षा सम्पन्न भएको छ । सेवा एक वर्ष पुगेको अवसरमा नगरपालिकाको आयोजनामा सोमबार वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको हो । 

 कार्यक्रममा ख्वप अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारी अस्पताललाई विश्वसनीय र भरपर्दो बनाउन सके गरिब र कामदार वर्गका बिरामीहरुले स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गर्नुका साथै लाभान्वित हुने बताए  ।

उनले भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पताल सही र तथ्यपरक आलोचनाहरुको आत्मसात गर्दै देशकै प्रतिष्ठित र व्यवस्थित अस्पतालको रुपमा विकास गर्ने उद्देश्यअनुरुप अगाडि बढिरहेको बताउँदै अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुले जनताको निःस्वार्थ सेवा गर्ने भावनाले काम गर्न प्रेरित गरे ।

 अस्पतालको प्रशासन, व्यवस्थापन, कर्मचारी अनुशासन र सरसफाईलगायतका पक्षले अस्पतालको विकास र संरक्षणमा ठूलो भूमिका खेल्ने बताउँदै उनले राम्रा राम्रा अस्पतालबाट सिक्दै ख्वप अस्पताललाई देशको राष्ट्रिय स्तरको अस्पतालको रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको बताए ।
 
वडा नम्बर ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले ख्वप अस्पतालप्रति जनताको अपनत्व रहनु नै अस्पतालको सबल पक्ष रहेको बताउँदै अस्पताल स्तरोन्नतिमा भक्तपुरका जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी, सरोकारवाला निकाय र स्थानीय जनताको ठूलो साथ र सहयोग रहेको बताए ।

 ख्वप अस्पतालका इन्टरनल मेडिसिनका विशेषज्ञ डा.अमर प्रजापतिले अन्तरंग विभागको  वार्षिक सेवाको तथ्यांक प्रस्तुत  गरेका थिए । सो अवसरमा नगरप्रमुख प्रजापतिले बिरामीलाई फलफूल वितरण गरेका थिए ।