close

सुरज आर्केडको बेसमेन्ट पार्किङका लागि तयार

सुरज आर्केडको बेसमेन्ट पार्किङका लागि तयार

Trulli
ADVERTISEMENT

काठमाडौं । न्युरोडस्थित सुरज आर्केडको बेसमेन्ट पार्किङका लागि तयार भएको छ । केही समय अघि यो ठाउँ व्यवसायिक प्रयोजनमा थियो । महानगरले स्वीकृत नक्सा र वर्तमान उपयोगको अवस्था अनुगमन गरेपछि आर्केड व्यवस्थापनले पार्किङ् प्रयोजनमा रुपान्तरण गरेको हो । 

कम्प्लेक्सको बेसमेन्टमा अहिले एकै पटक ३ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने भएको छ। कम्प्लेक्समा पार्किङ् सुविधा थपिएसँगै सधैजसो सवारी चाप रहने नयाँ सडक क्षेत्रमा यातायात व्यवस्थापनमा सहयोग पुग्नेछ । 

काठमाडौ महानगरपालिकाले ०७९ साउन २ गते ३५ दिने सार्वजनिक सूचना गरेर बेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तला स्वीकृत नक्सा बमोजिम सञ्चालन गर्न अनुरोध गरेको थियो । सूचनाको म्याद सकिएपछि भदौ ६ गतेदेखि बानेश्वर क्षेत्रबाट महानगरले अनुगमनगर्दै कारवाहीको प्रक्रिया अगाडि बढाएको थियो । 

अनुगमनपछि सुन्धारामा रहेका काठमाडौँ मल, आरबी कम्प्लेक्स, दरबारमार्गमा रहेका लण्डन पब र दरबार मलको भूमिगत तला पार्किङ् सुविधामा रुपान्तरण भएको महानगरले जनाएको छ । यस्तै नयाँ बानेश्वर, कलंकी, त्रिपुरेश्वर लगायत स्थानमा बेसमेन्ट तथा जमिनतलाको व्यवसायिक प्रयोजन हटाएर पार्किङ्का लागि खाली गराइसकेको छ । यसरी खाली गराइएका संरचनाहरुमा नक्सा स्वीकृत गर्दा पार्किङ् र भण्डार कक्ष देखाएर सुविधा प्राप्त गरेको महानगरको जिकिर छ।

यससँगै मापदण्ड विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरु, ओभर ल्यापिङ् र सेड व्याक हटाउने क्रमलाई निरन्तरता दिइएको काठमाडौं महानगरले जनाएको छ ।