close

फालेलुङले फेर्यो पालिका केन्द्रको नाम

फालेलुङले फेर्यो पालिका केन्द्रको नाम

Trulli
ADVERTISEMENT

पाँचथर । फालेलुङ गाउँपालिकाले केन्द्र रहेको ठाउँको नाम परिवर्तन गरेको छ । गाउँपालिकाले शुक्रबार एक सुचना जारी गर्दै फालेलुङ गाउँपालिका केन्द्र रहेको स्थानलाई थकेपुङमा परिवर्तन गरेको जानकारी गराएको हो ।

गाउँ कार्यपालिकाको माघ २२ गते बसेको बैठकले साविक नाम थोक्लिम्बालाई परिवर्तन गर्दै थकेपुङ कायम गर्ने  निर्णय गरेको हो ।नाम फेरिए पनि केन्द्र रहेको ठाउँ नफेरिने प्रमूख प्रशासकीय अधिकृत डम्बर आङदेम्बेले जानकारी दिए।

हाल गाउँपालिका केन्द्र रहेको स्थानलाई परापूर्वकालदेखि थकेपुङ भनिँदै आएकोमा अपभ्रंशस गरी थोक्लिम्बा भनिन थालेको भन्दै विरोध हुने गरेको थियो ।