close

शिवराजमा सामाजिक बहिस्करण र प्रभाव न्यूनीकरण सम्बन्धि अन्तरक्रिया सम्पन्न

शिवराजमा सामाजिक बहिस्करण र प्रभाव न्यूनीकरण सम्बन्धि अन्तरक्रिया सम्पन्न

Trulli
ADVERTISEMENT

कपिलवस्तु । शिवराज नगरपालिकामा  सुरक्षित आप्रवासन कार्यक्रमको सामाजिक बहिस्करण र प्रभाव न्यूनीकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । 

वैदेशिक रोजगारलाई सुरक्षित व्यवस्थित,मर्यादित,उपलब्धिमुलक एवं शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारको द्विपक्षिय सम्झौता अनुसार  नगरपालिकामा लागु भई संचालनमा रहेको कपिलवस्तु जिल्लाका कार्यक्रम  संयोजक शुभाष रेग्मीले बताए । 

नेपाल सरकार श्रम रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत संचालन रहेको यो परियोजना ३९ जिल्लाको १५६ वटा स्थानीय तहहरुमा संचालनमा रहेको छ । शिवराज नगरपालिका भित्र रहेका वैदेशिक रोजगारमा जाने नेपाली कामदारलाई र उनीहरुका परिवारलाई सीपयुक्त जनशक्तिको विकास,सूचनामा पहुँच न्यायमा पहुँच,मनोसामाजिक परामर्श र वित्तिय साक्षरताका बारेमा जानकारी गराउने गरेको वित्तिय साक्षरता सहजकर्ता श्रृजना पौडेलले बताइन् ।  

कपिलवस्तु जिल्लको वाणगंगा नगरपालिक,शिवराज नगरपालिका,कपिलवस्तु नगरपालिका र मायाँदेबी गाँउपालिकामा कार्यक्रम संचालनमा रहेको रेग्मीले बताए । 

कार्यक्रममा  नगरपालिकाका उपमेयर शिव कुमारी थारुले वैदेशिक रोजगार वाट फर्केका युवाहरुलाई सिपको आधारमा पालिकाले रोजगारीको अवसर दिने बताइन् । नगरपालिकाले वैदेशिक रोजगारमा गएका परिवारलाई घर दैलोमा भेटघाट र मनौमासिक परामर्श दिदै आएकोले सामी परियोजनाका सम्पुर्ण टिमलाई धन्यवाद समेत व्यक्त गरिन् । 

हेल्भेटासका कार्यक्रम संयोजक जियाउल हकले सामाजिक बहिस्करण र प्रभाव न्यूनीकरण सम्बन्धी छलफलको सहजीकरण गरेका थिए । कार्यक्रम शिवराज नगरपालिका उप-प्रमुख शिवकुमारी थारुको अध्यक्षता वडा अध्यक्षहरुको आतिथ्यचामा कार्यक्रम सम्पन्न भएको हो ।