close

अमेरिका बस्ने खड्काद्वारा दिलकुमारी राईको परिवारलाई आर्थिक सहयोग

अमेरिका बस्ने खड्काद्वारा दिलकुमारी राईको परिवारलाई आर्थिक सहयोग

Trulli
ADVERTISEMENT

धनकुटा ।  अमेरिकामा रहेका मनोज खड्काले धनकुटा नगरपालिका वडा नं. ६ पाङसिङस्थित दिलकुमारी राईको परिवारलाई आर्थिक सहयोग गरेका  छन्। खड्काले दिलकुमारीको परिवारलाई भेटी सहयाेग गरेका हुन् । 

राईकी श्रीमान् राजबहादुरकाे ज्यालामजदुरी गर्ने क्रममा गत असोज २ करेन्ट लागेर मृत्यु  भएको थियाे । घरको अभिभावक राजवहादुरको निधन प्रश्चात परिवारको जीविकोपार्जनमा समस्या भएको छ। उनकाे परिवारकाे जीविकाेपार्जनमा सहज बनाउनका लागि उनले सहयाेग गरेका हुन् ।

राईको घरमै पुगेर धनकुटा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रोशेष श्रेष्ठ, खड्काका सहकर्मी खिन्द्र अधिकारी लगायतले चामल ५० केजीको एक वोरा, रिफाइन तेल एक कार्टुन, मुसुरी दाल, चिउरा, भुजा, विस्कुट, जिरा, सावुन लगायत सामाग्री र १८ हजार नगद संयुक्त रुपमा हस्तान्तरण गरेकाे जनाइएकाे छ ।

दिलकुमारी पनि मानसिक रुपमा रोगी छिन्। उनका चार जना सन्तान छन्। चार सन्तान मध्ये जेठी छोरीको विहे भइसकेको छ।

माइली छोरी १५ वर्षकी एलिन राई त्रिवेणी माध्यमिक विद्यालयको कक्षा ८ मा र कान्छा छोरा ७ वर्षका आयान राई कक्षा ३ मा अध्ययनरत छन्। जेठा छोरा २६ वर्षका रविन्द्र राई ज्याला मजदुरी गरेर जीविकोपार्जन गरेका हुन् । दाताबाट प्राप्त नगद १८ हजार रुपैया धनकुटा वचत तथा ऋण सहकारी संस्थामा राखिएको जनाइएकाे छ। हरेक महिना १५ सय रुपैयाको दरले परिवारका सदस्यलाई प्रदान गरिने भएको छ। 

दाता  खड्का धनकुटालाई कार्यक्षेत्र बनाएर लामो समय सामाजिक क्षेत्रमा सक्रिय रहेका उनी हाल अमेरिकामा वसोवास गर्दै आएका छन् । त्यस्तै खड्काले लिवर्टी कलेजको कक्षा १२ मा अध्ययनरत सहिदभूमि गाउँपालिका वडा नं. ६ निवासी अस्मिका राईलाई अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले ५ हजार रुपैया आर्थिक सहयोग समेत गरेका छन्।