close

धुलिखेलमा ‘आरोग्य सहर’ अभियान जारी

धुलिखेलमा ‘आरोग्य सहर’ अभियान जारी

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमा छ । यस अभियानअन्तर्गत छ महिनाका अवधिमा एक हजार २७९ व्यक्तिमा गरिएको परीक्षणबाट ३७  स्थानीयमा क्षयरोग  पत्ता लागेको छ ।

अभियानअघि धुलिखेलमा १८ क्षयरोगी थिए । अभियानमा ३८ हजार आठ सय २० स्थानीयको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै गरिएको जनाइएको छ । धुलिखेलले उक्त आरोग्य सहर अभियान कार्यक्रम नेपालमै नमूनाका रुपमा लिएका बेला क्षयरोगमुक्त बनाउने अभियानमै रहेका नेपालका २५ स्थानीय तहमध्ये अधिक परिणाम प्राप्त गर्ने स्थानीय सरकारभित्र धुलिखेल पनि समेटिएको छ । 

धुलिखेलको आरोग्य सहर अभियानको विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० का  प्रतिनिधि डा टौडिल इस्लामको नेतृत्वको टोलीले यही साता अनुगमन निरीक्षण गरेको छ । नगर प्रमुख अशोक ब्याञ्जुले स्वास्थ्य नागरिकको पहिलो अधिकारका रुपमा लिँदै योजना, कार्यक्रम र व्यवस्थापन गरिरहेको टोलीलाई जानकारी गराएका छन् । 

साथै उनले स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका धुलिखेलका नागरिकलाई पहुँचभित्र ल्याउँदै कस्तो खालको स्वास्थ्य सेवा आवश्यक छ रु त्यसको पहिचान गरी उपचार गराउने व्यवस्था मिलाइने बताए। 

प्रतिनिधि डा इस्लामले विश्वमै क्षयरोगका जोखिम उच्च  रहेकाले यसको नियन्त्रण तथा समयमै उपचार गराउँदै व्यक्तिलाई स्वस्थ बनाउने अभियानमा धुलिखेलको प्रयासको प्रशंसा गर्दै डब्लुएचओका तर्फबाट आवश्यक सहयोग प्रदान गर्ने बताएका छन् । समयमै पहिचान र परीक्षण हुँदा उपचार हुने र अन्यत्र फैलन नपाउँदा न्यूनीकरण भई मृत्युको मुखमा पुग्ने अवस्था नआउने भएकाले विश्वबाटै यो रोगको उन्मूलन गर्ने अभियानमा डब्लुएचओको टोली नेपालका विभिन्न स्थानीय तहमा अवलोकन गरिरहेको छ । 

धुलिखेलले क्षयरोगमुक्त नगर घोषणाका लागि आवश्यक कार्य अघि बढाउँदै विश्वमै शून्य कार्बन उत्र्सजन गर्ने सहरका रुपमा आफूलाई चिनाउने गरी काम अघि बढाएको जनाएको छ । नगर कार्यालय हाल सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सबै नागरिकलाई स्वस्थ बनाई आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पु¥याउने काममासमेत जुटिरहेको हो । 

नागरिकको अवस्था के छ, के–कस्तो उपचार आवश्यक छ पत्ता लगाउन धमाधम सर्वेक्षण गर्ने योजना नगरले बनाएको हो । नगरका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सबै स्वास्थ्य केन्द्रमा निःशुल्क उपलब्ध गराइने ६५ थरीका औषधि पर्याप्त बनाइने तथा सबै नागरिकलाई आरोग्यता प्रदान गर्न उहाँहरुको अवस्था बुझ्न सर्वेक्षण गरेको थियो । 

यस्तै धुलिखेल नगरले सहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न ‘खाद्य हरियाली सहर’ कार्यक्रमको समेत योजना बनाएको छ । यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) र धुलिखेल नगरपालिकाबीच कार्यक्रम सञ्चालनका लागि समझदारी भएको छ । वैज्ञानिक माध्यमबाट नगरलाई दिगोरुपमा खाद्य हरियाली सहर बनाउन नगरसँग सम्झौता गरिएको हो । 

उक्त कार्यक्रमले वातावरण प्रदूषण एवं स्वास्थ्य समस्या समाधानार्थ दिगोरुपमा वैज्ञानिक ढङ¬्गबाट नगर सफा–सुन्दर हुने जनाइएको छ । यो कार्यक्रमले केही हदसम्म बेरोजगारी घट्नेछ भने स्थानीय स्रातको पहिचान र उपयोग गर्न सकिने बताइन्छ । नगरले लिएको ‘स्वच्छ र स्वस्थ’ सहरको अवधारणा पूरा गर्न यस कार्यक्रमले ठूलो मद्दत पु¥याउने अपेक्षा गरिएको छ । 

जडीबुटीको उत्पादन, प्रयोग तथा अनुसन्धानसमेत कार्यक्रममा समावेश गरिनेछ । सफा–सुन्दर बनाउन थप कार्यक्रम युवा उद्यमशीलता, रोजगारी व्यवस्थापन, दिगो रुपमा स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने औषधिजन्य बिरुवा, च्याउ तथा फलफूलको वैज्ञानिक तवरबाट प्रशोधन, भण्डारण र बजारीकरणलगायतका काम हुने जनाइएकोे छ । 

धुलिखेल नगरले नगरक्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको खबर गत वर्ष नोभेम्बर पहिलोसाता स्कटल्याण्डको ग्लास्गो सहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलन (कोप–२६)मा चर्चाको विषय बनेको थियो । खनिजतत्व उत्खनन नगर्ने, वातावरणमैत्री विकास गर्ने र आगामी पाँच वर्षमा स्थानीय सबैका घरमा प्रयोग फोहर पानी प्रशोधन गरी पुनः प्रयोग गर्ने योजना बनाएर काम भइरहेको नगरले जनाएको छ । नगर क्षेत्रभित्र हाल कोइला प्रयोगलाई पूर्णरुपमा प्रतिबन्ध छ । 

यस्तै धुलिखेलले सहस्राब्दी दिगो विकास लक्ष्यअन्तर्गत १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी गरी पूरा भएका चार लक्ष्यको प्रतिवेदन गत अक्टोबर पहिलो साता संयुक्त राष्ट्र सङ्घमा पेश गरेको छ । उक्त ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एशियामै धुलिखेल पहिलो नगर भएको दाबीसमेत गरिएको छ । 

यसअघि नगरले जलवायु परिवर्तनको असरलाई कमगर्न नगरले शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री कार्यलाई प्राथमिकताका साथ अघि बढाएको थियो । नगरले जिवास्म इन्धन अप्रसार सन्धि अभियान कार्यान्वयनमा पहिलो प्राथमिकतामा राखिने जनाउँदै आएको छ ।