close

अव्यवस्थित बसोबास गर्नेलाई लालपूर्जा

अव्यवस्थित बसोबास गर्नेलाई लालपूर्जा

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवल उपमहानगरपालिकामा अव्यवस्थित रुपमा बसोबास गर्दै आएका परिवारलई जग्गाधनी पूर्जा वितरण गरेको छ । उपमहानगरपालिकाको वडा नम्बर ७ मा बसोबास गर्दै आएका ७ जनालाई लालपूर्जा वितरण गरिएको हो ।  

 उपमहानगरपालिकाको सिफारिशमा राष्ट्रिय भूमि आयोग रुपन्देहीले तयार पारेको लालपूर्जा मंगलबार नगर प्रमुख खेलराज पाण्डेयले वितरण गरेका हुन्।

लालपूर्जा वितरण गर्दै प्रमुख पाण्डेयले बुटवलभित्रका अव्यवस्थित बसोबासीलाई लालपूर्जा प्राप्तिका लागि सबै प्रक्रियामा सहयोग गर्ने बताए ।

उनले भूमि आयोगलाई आवश्यक जनशक्तिदेखि कार्यालय व्यवस्थापनमा समेत सहयोग गरेर बुटवल क्षेत्रका लालपूर्जाविहिनलाई लालपूर्जा दिलाउने बताए ।

प्रमुख पाण्डेयले बुटवलमा अहिले भूमि आयोगमा सिफारिश गरेका ब्लकहरुको सर्भे र नापजाँचको काम अगाडि बढिरहेको उनले बताए।

कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले उपमहानगरपालिकाभित्र लालपूर्जा प्राप्त गर्न योग्य व्यक्तिलाई लालपूर्जा दिने गरी बुटवलको सहयोगमा निरन्तर काम भइरहेको बताए ।

उनले बुटवल उपमहानगरपालिकाको निरन्तर पहलकै कारण लालपूर्जा वितरण गर्न सकिएको बताउँदै बाँकी क्षेत्रको लालपूर्जा वितरणको प्रक्रिया अगाडि बढेको बताए ।

कार्यक्रममा बोल्दै वडा नं. ७ का अध्यक्ष पदमबहादुर थापाले ७ जनाले लालपूर्जा पाएको र बाँकीले पनि छिटै लालपूर्जा दिने गरी भूमि आयोगले काम गरिरहेको बताए ।