close

गजुरीमा लोक सेवाको तयारी कक्षा सञ्चालन गरिने

गजुरीमा लोक सेवाको तयारी कक्षा सञ्चालन गरिने

Trulli
ADVERTISEMENT

धादिङ । गजुरी गाउँपालिकाले शिक्षक सेवा आयोग तथा लोक सेवाको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै कक्षा सञ्चालन गर्न लागेको  जनाएको हो । 

गाउँपालिकाको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पालिकाले लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न लागेको जनाएको छ । गाउँपालिकाको आयोजना तथा आर्दश  बहुमुखी क्याम्पसको सहकार्यमा कक्षा सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाले लोक सेवा आयोगमा नायब सुब्बा र खरिदार तथा शिक्षक सेवा आयोगमा प्राथमिक तहको कक्षा सञ्चालन गर्न लागेको जनाइएको छ । कक्षामा सहभागी हुनका लागि आवश्यक कागजातसहित चैत्र ३० गतेभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।