close

भक्तपुरमा मेलम्चीको खानेपानी वितरण सुधार कार्य गर्न सम्झौता

भक्तपुरमा मेलम्चीको खानेपानी वितरण सुधार कार्य गर्न सम्झौता

Trulli
ADVERTISEMENT

भक्तपुर ।  भक्तपुरका विभिन्न स्थानहरुमा पाइपलाइन इन्टरकनेक्सन गरी थप क्षेत्रमा मेलम्चीको खानेपानी वितरण सुधार कार्य गर्न समझदारी भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेडबीच शुक्रबार बसेको बैठकमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नगरपालिका अन्तर्गतका विभिन्न क्षेत्रहरूमा खानेपानीको समस्या देखिएकोले उक्त क्षेत्रमा तत्काल वितरण प्रणाली सुधार गर्न अरनिको राजमार्ग सूर्यविनायक बाराही चोकदेखि जगाती हुँदै सूर्यमढीसम्म खानेपानीको पाइपलाइन विस्तार तथा जडान कार्य गर्न अनुमानित नगरपालिका र लिमिटेडले साझेदारीमा लागत व्यहोर्ने निर्णय गरेको छ  । 

नयाँ पाइपलाइन विस्तार गरी मेलम्चीको स्थायी वितरण प्रणाली बनाउन ढिलाई हुने देखिएकोले तत्कालका लागि पुरानै पाइपलाइनबाट पानी वितरण गर्न समझदारी भएको नगरप्रमुख प्रजापतिले बताए । 

नगरपालिका क्षेत्रमा मेलम्ची खानेपानी वितरण प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने क्रममा बाराहीस्थान–जगाती च्याम्हासिंहदेखि सूर्यमढीसम्म खानेपानीको पाइप बिछ्याउने, त्यस्तै अन्य विभिन्न स्थानहरुमा पाइप बिछ्याउने कार्यमा  नगरपालिकाद्वारा गरिने खर्च रकमलाई लिमिटेडको शेयर खरिदमा रुपान्तरण गर्न आवश्यक पहल गर्ने पनि सो बैठकले निर्णय गरेको छ।