close

३ वर्षसम्मका बालबालिकाबीच स्वस्थ बच्चा प्रतियोगिता

३ वर्षसम्मका बालबालिकाबीच स्वस्थ बच्चा प्रतियोगिता

Trulli
ADVERTISEMENT

भक्तपुर । सुर्यविनायक नगरपालिका स्वस्थ बच्चा प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर ७  गुण्डू स्वास्थ चौकीमा सो प्रतियोगिता सम्पन्न भएको हो । 

वडा कार्यालयको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको नगरपालिकाले जनाएको छ । वडा नम्बर ७ का अध्यक्ष रविन्द्र सापकोटाको अनुसार वडाभित्रका बालबालिकालाई स्वस्थ राख्ने उद्देश्य प्रतियोपगिताको आयोजना गरिएको हो । 

वडा कार्यालयले ६ महिनादेखि ३ वर्षसम्मका बालबालिकाहरुबीच प्रतियोगिता गराएको उनले बताए । उनका अनुसार वडाको स्वास्थ्य व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार प्रतियोगिता सञ्चालन गरिएको हो । 

नेपाल सरकारले बालबालिकाको स्वास्थ्यलाई मध्येनजर गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र सोही अनुरुप बालबालिकाको स्वास्थय अवस्था परिक्षणको लागि प्रतियोगिता गरेको उनले बताए । 

बालबालिकालाई घरमा गर्ने हेरचाह र अवस्था बुझ्नका लागि प्रतियोगिता गरेको उनले बताए । उनका अनुसार प्रतियोगितामा सहभागी ८६ बच्चाहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा  प्रथम, दितिय र तृतीय हुने बच्चाहरुलाई पुरस्कार वितरण गरिएको उनले बताए ।