close

बिस्का जात्रा मर्यादित बनाउन सद्भाव सभा

बिस्का जात्रा मर्यादित बनाउन सद्भाव सभा

Trulli
ADVERTISEMENT

भक्तपुर ।  भक्तपुर नगरपालिकाले  बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन टौमढीमा  सद्भाव सभाको आयोजना गरेको छ । भोलि देखि सुरु हुने जात्रालाई मर्यादित रुपमा मनाउन आइतबार सभा भएको हो ।

 कार्यक्रमका प्रमुख अथिति तथा सांसद प्रेम सुवालले देश विदेशमा भएका नेपाली तथा विदेशीहरुले समेत फेसबुक लाइभ तथा अन्य सञ्चारमाध्यमबाट जात्रा अवलोकन गरिने हुँदा जात्रालाई शान्तिपूर्ण र मर्यादित गर्नेतर्फ स्थानीय तह तथा जात्रासँग सम्बन्धित सरोकारवालाहरुले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

 नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रा भक्तपुरको गौरव बोकेको जात्रा भएको हुँदा जात्रालाई शान्तिपूर्ण र मर्यादित रुपमा मनाउन सबैमा अपिल गरे ।

उनले जात्रालाई भव्य र सभ्य बनाउन भक्तपुर नपाले सरोकारवाला पक्षसँग नियमित रुपमा बैठक बसी जात्राबारे आवश्यक निर्णयहरु गरेको बताए । उनले सबैको साथ र सहकार्यबाट जात्रा सफलतापूर्वक सम्पन्न हुने बताए ।