close

ललितपुर महानगरको १५ वडाको कार्यालय भवन उद्घाटन

ललितपुर महानगरको १५ वडाको कार्यालय भवन उद्घाटन

Trulli
ADVERTISEMENT

ललितपुर । ललितपुर महानगरपालिकाको वडा नम्बर १५ को कार्यालय भवन उद्घाटन गरिएको छ । एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख चिरिबाबु महर्जन र उपप्रमुख मन्जली शाक्यले सातदोबाटो स्थित भवनको उद्घाटन गरेको हो । 

नगरप्रमुख महर्जनले सरकारी जग्गा, प्रति जग्गा र ऐलानी जग्गा कसैलाई नदिने बताए  । उनले विगतको पाँच वर्षमा व्यक्ति तथा संस्थालाई सो जग्गा नदिएको बताए । उनले पालिकाभित्र ३ प्रतिशत सार्वजनिक जग्गा रहेको र सोही जग्गाको प्रयोगबाट स्मार्ट सिटि बनाउने बताए ।

 आफू प्रमुख भएसँगै कुनै व्यक्तिलाई सो जग्गा नदिने विश्वास व्यक्त गरे ।  उनले महानगरपालिकामा स्मार्ट सिटी लाइट जडान गरेको बताए । 

वडा अध्यक्ष सुरेश बहादुर शाहीले वडाको विकास गर्नको लागि आफू लागि परेको बताए । उनले हाल वडाभित्र खानेपानी, विकास निर्माण कार्यमा काम गर्दै आएको बताए । उनले आफू वडाध्यक्षमा निर्वाचित भएसँगै सार्वजनिक व्यक्ति भएको बताए । 

उनले महानगरी अस्पताल निर्माण गर्नको लागि नगरप्रमुख महर्जनसँग माग गरेको हो । निजी अस्पतालले जनतासँग चर्को शुल्क लिएर सेवा दिएकोले महानगरले अस्पताल बनाउनु पर्ने बताए ।

भवन निर्माणको लागि करिब ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाइएको छ । यसअघि भाडाकाे भवनबाट वडा कार्यालयले सेवा दिँदै आएकाे उनले बताए ।