close

चुरेको पहिरो नियन्त्रण लागि नगर  प्रमुख पाण्डेय र समितिका अध्यक्ष पाैडेलबीच वार्ता

चुरेको पहिरो नियन्त्रण लागि नगर  प्रमुख पाण्डेय र समितिका अध्यक्ष पाैडेलबीच वार्ता

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलसँग भेटेवार्ता गरेका छन्।

भेटवार्तामा नगरप्रमुख पाण्डेयले बुटवलको चुरे क्षेत्रको पहिरो नियन्त्रणमा दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन्।

खुमलटार ललितपुरमा रहेको कार्यालयमा भएको भेटका क्रममा प्रमुख पाण्डेयले बुटवलको ज्योतिनगर, मिलनपथ र लक्ष्मीनगर क्षेत्रको पहिरोका कारण बस्ती जोखिममा परेकोले यसको दीर्घकालीन समाधानका लागि राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिले पनि योजना ल्याउनुपर्ने बताए ।

चुरे क्षेत्रको संरक्षण गर्दै जोखिममा परेका बस्ती सुरक्षित राख्ने काममा बुटवल उपमहानगरपालिकाले निरन्तर काम गरिरहेको बताउँदै प्रमुख पाण्डेयले स्थायी समाधानका लागि राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिको साथ र सहकार्य आवश्यक रहेको बताए।

उनले स्थानीयलाई जोखिममुक्त बनाउँदै चुरेको संरक्षण गर्न राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिमार्फत संघीय सरकारको प्रभावकारी कार्यक्रम आवश्यक रहेको बताए।

भेटका क्रममा राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष पौडेलले पहिरो नियन्त्रण र जोखिम न्युनीकरणका लागि सक्दो प्रयास गर्ने बताए । उनले बुटवल उपमहानगरको प्रयासमा राष्ट्रपति चुरे(तराई मधेश संरक्षण विकास समितिले साथ दिने वचन दिए ।