close

औँलो रोगमुक्त बनाउने अभियानमा लुम्बिनी साँस्कृतिक

औँलो रोगमुक्त बनाउने अभियानमा लुम्बिनी साँस्कृतिक

Trulli
ADVERTISEMENT

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिकालाई औँलो रोगमुक्त बनाउन गोष्ठी तथा छलफललाई तिव्रता दिईएको छ । विश्व औँलो दिवसको अवसर पारेर नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग ईपिडिमियालोजी रोग नियन्त्रण महाशाखा तथा लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा गोष्ठी सम्पन्न भएको हो । 

एकदिवसीय गोष्ठी मार्फत शुन्य औँलो बनाउने अभियानमा लाग्न सवैलाई सन्देश छरिएको स्वास्थ्य शाखा प्रमुख राजेन्द्र चौधरीले जानकारी दिए ।  सोही कार्यक्रमलाई सम्बोधन गर्दै  नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले सरसफाईलाई जोड नदिएकै कारण औँलो रोग हुने बताएकी छन् ।

 लामखुट्टेबाट सर्ने रोग औँलो रोग नियन्त्रण गर्न र हुन नदिन विभिन्न जनचेतनाका कार्यक्रमलाई टोलटोलमा संञ्चालन गर्नुपर्ने सुझाईन् । मानव जिवन संग जोडिएको स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले विशेष चासोको साथ हेरिएको बताउदै उपप्रमुख हरिजनले आगामी दिनमा बजेट निर्माण गर्दा समेत प्राथमिकता दिईने कुरा औँल्याईन् ।

कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्यालले खानेपानी तथा शौचालय जस्ता समस्यालाई निति तथा कार्यक्रममा राखेर दिर्घकालीन योजना तर्जुमा गर्नुपर्ने बताए । अशिक्षाकै कारण जटिल प्रकृतिका रोगको शिकार नगरबासी बन्न पुग्ने बताउदै अर्यालले मलरिया रोग लाग्न नदिन झुल अनियवार्य प्रयोग र व्यक्तिगत सरसफाईलाई जोड दिनुपर्ने बताए ।

कार्यक्रममा नगरपालिकामा रहेका विभिन्न शाखा,वडामा रहेका स्वास्थ्य चौकीका प्रमुख विच सो कार्यक्रम भएको थियो । पालिकाको सभाहलमा भएको कार्यक्रममा स्टाफ नर्स स्मृति गौतमको संञ्चालन रहेको थियो ।