close

पानी माग्न नगरपालिकामा रित्ता गाग्रीको लाइन

पानी माग्न नगरपालिकामा रित्ता गाग्रीको लाइन

Trulli
ADVERTISEMENT

काठमाडौं । चन्द्रागिरी नगरपालिकामा रित्तो गाग्रीसहित प्रदर्शनी गरेका छन् । खानेपानीको हाहाकार भएपछि स्थानीय बासिन्दाले नगरपालिकाको कार्यकक्षदेखि नगरप्रमुखको कार्यकक्षसम्म रित्तो गाग्री प्रदर्शनी गरेका हुन् । 

नगरपालिकाका वडा नम्बर १२ का स्थानीय बासिन्दाले गाग्री प्रर्दशनी गरेका हुन् । उनीहरुले गाग्रीको लाइन राखेर खानेपानीको व्यवस्थापन गर्न नगरपालिकासँग माग गरेका छन् । 

नगरपालिकाले खानेपानीको व्यवस्थापन गर्नको लागि आवश्यक पहल गर्दै आएको बताएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खड्गीले खानेपानीको व्यवस्थापनका लागि बोरिङ खन्न र पानीको व्यवस्थापनको कार्य अघि बढाएको बताए ।