close

पोषण सुधार कार्यक्रम सञ्चालन गर्दै वीरगञ्ज

पोषण सुधार कार्यक्रम सञ्चालन गर्दै वीरगञ्ज

Trulli
ADVERTISEMENT

पर्सा । वीरगञ्ज महानगरपालिकाले पोषण सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै पोषण सुधार कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

महानगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप विपन्न महिला समूहमा आय आर्जनका लागि अनुदानमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । सो कार्यक्रमको लागि इच्छुक व्यक्तिले माग आवेदन दिन सक्ने महानगरपालिकाले जनाएको छ । 

कार्यक्रममा सहभागी हुन चाहने महिला समूले जेठ ५ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने जनाइएको छ । कार्यक्रमको लागि महानगरपालिकालृ चालू आथिर्क वर्षमा ६ लाख २५ हजार रुपैयाँ विनियोजन गरिएको जनाइएको छ ।