close

नेपालको अर्थतन्त्र डुब्दै जानुमा सरकारमा जाने दलहरू जिम्मेवार- नगरप्रमुख प्रजापति

नेपालको अर्थतन्त्र डुब्दै जानुमा सरकारमा जाने दलहरू जिम्मेवार- नगरप्रमुख प्रजापति

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिमबाट प्राप्त ज्ञान र सीपले जनता लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् ।नगरपालिकाको आयोजनामा सम्पन्न सहकारी व्यवस्थापन तालिम समापन कार्यक्रममा उनले यस्तो बताएका हुन् । 


प्रमुख प्रजापतिले नेपालको अर्थतन्त्र डुब्दै जानुमा सरकारमा जाने दलहरू जिम्मेवार भएको उल्लेख गरेका छन् । कृषिप्रधान देशमा ९ महिनामा २६ अर्बभन्दा बढीको चामल, २३ अर्बभन्दा बढीको तरकारी आयात गर्नुपर्ने अवस्था आउनु सङ्घ र प्रदेश सरकारको नेतृत्वमा बस्नेहरूको परनिर्भर सोच रहेको उनको आरोप छ ।


उनले भने, 'भारतीय एकाधिकार पुँजीले नेपाललाई कहिल्यै आत्मनिभर हुन दिन्न । नेपालको अपार जलस्रोत विभिन्न बहानामा भारतले कब्जा ग¥यो । उद्योगधन्दाहरू चल्न दिइएन । हरेक कुरा भारत निर्भर हुनुपर्ने अवस्थामा पुग्यो ।'

प्रशिक्षक कृष्णकुमार श्रेष्ठले आजको युगमा मान्छेले भन्दा प्रविधिले बाटो देखाउने र शिक्षा दिने हुँदा संसारमा विकसित प्रविधिबारे जानकारी राख्नुपर्ने विचार व्यक्त गरे।

तालिम २२ र २३ गते दुई दिन चलेको थियो । प्रमुख प्रजापतिले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका छन् ।