close

नवनियुक्त शाखा अधिकृतहरुद्वारा प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण

नवनियुक्त शाखा अधिकृतहरुद्वारा प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण

Trulli
ADVERTISEMENT

 काठमाडौं ।  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा नेपाल सरकारका नवनियुक्त शाखा अधिकृतहरु सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण गरेका छन् । नवनियुक्त अधिकृतहरुको लागि संचालन भइरहेको 'आधारभूत प्रशासनिक प्रशिक्षण' का प्रशिक्षार्थीहरुले  भ्रमण गरेका हुन् । 

 सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्का र सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बमले प्रशिक्षार्थी अधिकृतहरुलाई सशस्त्र प्रहरी बल नेपालको परिचय, काम, कर्तव्य, अधिकार र परिचालन लगायतका विविध विषयमा प्रस्तुतीकरण गरेका थिए । 

सो अवसरमा सशस्त्र प्रहरी बल नेपालको सांगठानिक संरचना, विपद् व्यवस्थापन सशस्त्र प्रहरी बल नेपालको परिचालन, सीमा सुरक्षा, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, अन्य सुरक्षा  निकायहरुसगँको समन्वय र सहकार्य लगायतका विविध विषयमा प्रशिक्षक तथा प्रशिक्षार्थी अधिकृतहरुले राखेका जिज्ञासाहरुको बारेमा समेत उनले जानकारी दिए । 

 सोही क्रममा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा ल्याएको सामाग्री, प्रधान कार्यालयस्थित संग्रहालय र केन्द्रीय समन्वय कक्षको अवलोकन गर्नुका साथै सो कक्षले हाल प्रयोगमा ल्याईरहेको सूचना तथा  संचार प्रविधिबारे समेत प्रशिक्षार्थी अधिकृतहरुले जानकारी हासिल गरे । 

  सो टोलीमा १ जना प्रशिक्षक तथा २४ जना प्रशिक्षार्थी अधिकृतहरु गरी कुल २५ जनाको सहभागिता रहेको जनाइएको छ ।