close

अजम्मरी सामुदायिक वन क्षेत्र दुर्गन्धित

अजम्मरी सामुदायिक वन क्षेत्र दुर्गन्धित

Trulli
ADVERTISEMENT

दाङ । लमही नगरपालिकाले बजार क्षेत्रको फोहर जथाभावी फाल्ने गरेका कारण अजम्मरी सामुदायिक वन क्षेत्रमा दुर्गन्धित भएको छ ।   अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता मोतीराम खनालले भने, 'सामुदायिक वनमा फ्याँकिएकोे फोहरको दुर्गन्धका कारण जैविकउद्यान आसपास बस्नसमेत समस्या भएको छ ।' 

अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजालले नगरपालिकालाई फोहर अन्य स्थानमा सङ्कलन गर्नेस्थल गराउन आग्रह गरेको बताए।   उनले भने, 'सामुदायिक वनको केही क्षेत्रफलमा जैविकउद्यान निमाण गर्नका लागि सङ्घ, प्रदेश सरकार र नगरपालिका आफैले लाखौँ बजेट विनियोजन गरेको छ । तर सोही स्थान नजिकै नगरपालिकाले फोहरको डम्पिङ साइड बनाएको छ । यसका कारण जैविकउद्यानमा प्रत्यक्ष असर परेको छ ।'

लमही नगरपालिकाले सो वनक्षेत्रभित्र गल्ने र नगल्ने फोहर छुट्याउनका लागि भवन निर्माण गरेको छ । उक्त भवन प्रयोहविहीन भएको स्थानीयवासी सानुमैया घर्तीले बताए । 

लमही – ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी (सागर) ले नगरपालिकाले फोहर सङ्कलनस्थलमा मानव बस्तीबाट टाढा राख्नुपर्ने बताए । वन क्षेत्रभित्र रहेको फोहर स–साना खोल्साको नजिक भएकोले वर्षायाममा बगेर फेरि किसानका खेतमा र बजारतिर बगाएर ल्याउने गरेकाले स्थानीयवासी पीडित बनेको उनले बताए । 

बजार क्षेत्र वा अन्य क्षेत्रबाट निस्किएका विभिन्न किसिमका फोहर जथभावी वन क्षेत्रमा लगेर फाल्नु गलत भएको डिभिजन वन कार्यालय दाङ (देउखुरी)का प्रमुख राजु क्षेत्रीले बताए ।