close

मोदीमा दैनिक योग अभ्यास सुरु

मोदीमा दैनिक योग अभ्यास सुरु

Trulli
ADVERTISEMENT

पर्वत । मोदी गाउँपालिकामा  दैनिक योग अभ्यास कार्यक्रमको सुभारम्भ गरिएको छ। विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम अन्तर्गत सो कार्यक्रम सुरु गरिएको हो । 

एक कार्यक्रमको आयोजान गरी पालिकााका अध्यक्ष हरीदेवी शर्माले अभ्यासको उदघाटन गरेकी हुन् । कार्यक्रम जेठ ४ गते देखि १० गते सम्म संचालन हुने  उनले बताइन् । 

 कार्यक्रममा मोदी गाउँपालिका भित्र रहेका ५ वटा विद्यालयका शिक्षक तथा गाउँपालिकामा कार्यरत शिक्षा ,स्वास्थ्य शाखाका कर्मचारी र प्रतिनिधिहरुको सहभागीता रहेको छ । कार्यक्रममा योग प्रशिक्षक पतन्जली योग समिती बाग्लुङका योग प्रशिक्षक हिरा बहादुर केसी रहेका छन् ।