close

हाडीगाउँमा माटोसम्बन्धी कला

हाडीगाउँमा माटोसम्बन्धी कला

Trulli
ADVERTISEMENT

काठमाडौँ । एक वडा एक उद्यम कार्यक्रमअन्तर्गत वडा नंम्बर ५ हाँडीगाउँलाई माटो सम्बन्धी कलाबाट विकास गर्न सकिन्छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल भन्छिन्, ‘परम्परागत सामाजिक जीवनका परम्परालाई निरन्तरता दिन सक्ने हो भने उद्यमशीलता फस्टाउँदै जानेछ । यसबाट स्थानीयबासीको आय स्तरमा सुधार आउनेछ ।’ 

हाँडीगाउँमा चलिरहेको माटोका भाँडाकुँडा बनाउने तालिम अवलोकनका क्रममा उनले भनिन्, ‘परम्परागत सिपले पहिचान पनि बढ्छ । उद्यमशील पनि बढ्छ ।’

अवलोकनका क्रममा उनले प्रशिक्षकहरुसँग सिकाइका अनुभवका विषयमा जानकारी लिएका थिइन् । त्यस्तै प्रशिक्षार्थीहरुसँग सिप सिकेर के गर्नुहुन्छ, सिकाइ कस्तो लागि रहेको छ? जस्ता जिज्ञासा राखेकी थिइन् ।  माटोका भाँडाकुँडा बनाउनेजस्तै काठको कला, सुकुल बुन्ने कलालगायत सिप सिकाइँदैछ ।