close

धर्म सेवाको आयोजनामा १२१ द्वारा रक्तदान

धर्म सेवाको आयोजनामा १२१ द्वारा रक्तदान

Trulli
ADVERTISEMENT

 काठमाडौं । नेपाल मानव धर्म सेवा समितिले रक्तदान कार्यक्रम आयोजना गरेको छ । एक समारोहमा आयोजित कार्यक्रममा  एकसय २१ जनाले रक्तदान गरेका छन् । 

विश्व रक्तदाता दिवसको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल मानव धर्म सेवा समितिका आध्यात्मिक व्यक्तिका साथै अन्य व्यक्तिहरुले पनि रक्तदान गरेका थिए । रक्तदान जीवनदान भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै रक्तदान कार्यक्रम सञ्चालन गरेको समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले बताए । 

पछिल्लो चरणमा रगतको अभाव बढ्दै गएको र रक्तदानका बारेमा चेतानाको पनि कमि भएका कारण बेलाबेलामा आयोजना हुने रक्तदान कार्यक्रमले चेतना जगाउनुको साथै रगतको कमी पुरा गर्न पनि सहयोग पुग्ने महात्म चमेली वाईजीले बताए ।