close

कब बिटिसी र ब्राउन आवल पिटिसी स्काउट तालिम सुरु

कब बिटिसी र ब्राउन आवल पिटिसी स्काउट तालिम सुरु

Trulli
ADVERTISEMENT

भक्तपुर ।  भक्तपुर नगरपालिकाभित्रका विद्यालयका १ जना महिला र १ जना पुरुष शिक्षकहरुलाई आजबाट पाँच दिने कब बिटिसी र ब्राउन आवल पिटिसी स्काउट तालिमको सुरुवात भएको छ । नगरपालिकाद्धारा आयोजित तालिमको उद्धघाटन नगरप्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले झन्डोत्तोलन गरी गरिएको हो । 

 कार्यक्रममा बोल्दै नगर प्रमुख एवम् स्काउट संरक्षक सुनिल प्रजापतिले स्काउट सामुदायिक सेवा तथा जनहितसँग सम्बन्धित कार्य भएको  हुँदा यसमा पैसा र स्वार्थको प्रवेश भएमा सिद्धान्तविपरीत काम हुने सम्भावना भएको हुँदा सबैजना सचेत र सजग हुन जरुरी रहेको बताए।  लोभ, स्वार्थ, व्यक्तिगत हितबाट स्काउटलाई टाढा राख्नुपर्ने बताउँदै उनले स्काउट तालिम पछि विद्यालयमा आउने सकारात्मक परिवर्तनकै कारण स्काउटको महत्व बढ्दै गइरहेको बताए ।
 
 उनले तालिमका सहभागीहरुलाई देश र समाजको सेवामा समर्पित गर्नुपर्नेमा जोड दिँदै विद्यार्थीहरुलाई अनुशासनमा राख्ने महत्वपूर्ण जिम्मेवारी शिक्षकको भएको र अनुशासित समाज मात्रै व्यवस्थित रुपमा अघि बढ्ने धारणा उनले राखे ।

 उपप्रमुख रजनी जोशीले विद्यार्थीहरु अनुशासित भएमा भावि समाज अनुशासित हुने बताउँदै स्काउटिङ शिक्षाले बालबालिका र युवा वर्गको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरुलाई अनुशासित र स्वाबलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन उल्लेखनीय भूमिका खेल्ने बताइन् ।