close

लेखा परीक्षण तथा चौमासिक प्रतिवेदन तयार गर्ने तालिमको सुरु

लेखा परीक्षण तथा चौमासिक प्रतिवेदन तयार गर्ने तालिमको सुरु

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकामा सहकारी संस्थाका प्रतिनिधिहरुलाई दुई दिने लेखा परीक्षण तथा चौमासिक प्रतिवेदन तयार गर्ने तालिमको सुरु भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी  नगरप्रमुख  प्रजापतिले तालिमको उद्घाटन गरेका हुन् । 
 
उनले नगरपालिकाले विद्यालय, कृषि, सहकारीलगायतका क्षेत्रमा समयसापेक्ष तालिमहरु सञ्चालन गर्दै त्यहाँ कार्यरत जनशक्तिलाई योग्य र निपुण बनाउने काममा जोड दिँदै आएको बताए । आधुनिक चीनको जग सहकारी भएको बताउँदै सहकारीले विकास रुप लिँदै चीन आजको अवस्थासम्म आइ पुगेको प्रमुख प्रजापतिले उक्त कार्यक्रममा बताए । 

सहकारी संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने भन्दै उनले धेरै लोभमा काम गर्दा संस्था डुब्न सक्नेतर्फ सचेत पारे । सहकारीकर्मीहरु आफ्नो काममा दक्ष र योग्य भए जस्तोसुकै चुनौती सामना गर्न सहजता हुने बताउँदै उनले आर्थिक कारोबार हुने क्षेत्रमा जोखिम पनि धेरै हुँदा संवेदनशील भएर काम गर्नुपर्ने धारणा राखे ।

  प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले सहकारीमा वित्तीय अनुशासन कायम गर्न लेखा परीक्षण तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विश्व अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको परिस्थितिमा सहकारी संस्थाहरुले अनुत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए । 

  आर्थिक समितिका सदस्य पुरुषोत्तम तमखूले सहकारी सञ्चालकहरुले सहकारीमा जम्मा भएका रकमलाई जथाभावी परिचालन गर्दा सहकारी संस्थाहरुमा संकट निम्तिएको उनले बताए ।