close

बर्खाभर वडाभित्र ट्याक्टर सञ्चालनमा रोक

बर्खाभर वडाभित्र ट्याक्टर सञ्चालनमा रोक

Trulli
ADVERTISEMENT

धादिङ। नीलकण्ठ नगरपालिका–११ ले वडाभित्र ट्याक्टर सञ्चालनमा रोक लगाएको छ । वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै ट्याक्टर सञ्चालनमा रोक लगाएको हो ।

कच्ची सडकमा ट्याक्टर चलाउँदा बर्खायाममा बाटो हिलाम्मे हुनाका साथै  सडकमा ठूल्ठूला खाल्टो बनाउने भएकाले ट्याक्टर सञ्चालनमा रोक लगाइएको वडाअध्यक्ष रामबहादुर श्रेष्ठले बताए। वडाभित्रको गोलाभञ्ज्याङबाट सिम्ले हुँदै टोड्के पुग्ने सडक र गोलाभञ्ज्याङबाट चामभञ्ज्याङ हुँदै जुम्म्रे पुग्ने सडकसहित शाखा सडकमा बर्खायामभरका लागि ट्याक्टर सञ्चालनमा रोक लगाइएको उनको भनाइ थियो  । 

बर्सातका बेला ट्याक्टरले बाटो खोतल्ने र ट्र्याक्टर गडेको बाटोमा अन्य सवारी गुड्न नसक्ने गरी सडक बिग्रिने भएकाले ट्याक्टरलाई बर्सातभर निषेध गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।