close

भद्रकुमारी घलेको सेवा सदनमा महानगरको डोजर

भद्रकुमारी घलेको सेवा सदनमा महानगरको डोजर

Trulli
ADVERTISEMENT

 काठमाडौं- काठमाडौं महानगरपालिकाले  भद्रकुमारी घलेको सेवा सदनको भवनमा डोजर चलाएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी सेवा सञ्चालन गरेको भन्दै महानगरले भवनमा डोजर चलाएको हो । 

महानगरपालिकाका नगरप्रहरीसहितको टोली सो भवन खाली गराउन अनामनगर पुगेका थिए । सो क्षेत्रमा पुगेको टोलीले डोजरको प्रयोग गरी भवनको संरचनाहरु भत्काउन  थालेको छ । 

सदनले ५ रोपनी १२ आना क्षेत्रफल ओगटेको छ । भवनमा बालगृह, शिक्षा सदन, पाहुना घर, पुस्तकालय, उपभोक्ता सहकारीलगायतको संस्था सञ्चालन गर्दै आएको छ । 

सो सदनमार्फत करिब ३० जना बालबालिकालाई निःशुल्क पढाउँदै आएको सदनले जनाएको छ । सदनलाई भत्काउन भन्दा पनि अन्य सरकारी निकायमा प्रयोग गर्न अनुरोध समेत गरेका थिए । सदनभित्रकाे सामग्रीलाई सुरक्षितका साथ अन्य स्थानमा सारिएकाे जनाइएकाे छ ।