close

सार्वजनिक यातायात सञ्चालन गर्न चाँगुनारायणको निर्देशन

सार्वजनिक यातायात सञ्चालन गर्न चाँगुनारायणको निर्देशन

Trulli
ADVERTISEMENT

भक्तपुर - चाँगुनारायण नगरपालिकाले सार्वजनिक यातायातका सञ्चालकसँग छलफल गरेको छ । सार्वजनिक यातायातका विषयमा स्थानीय बासिन्दाबाट आएका गुनासोको समाधान गर्नका लागि नगरपालिकाले बुधबार छलफल गरेको हो । 

सार्वजनिक यातायातबारे स्थानीयले धेरै गुनसो गरेपछि नगरप्रमुख जीवन खत्रीको अध्यक्षतामा बैठक बसेको नगरपालिकाले जनाएको छ ।  नगरप्रमुख खत्रीले बैठकमा सहभागी भएका यातायात सञ्चालकलाई तत्काल सञ्चालन गर्न निर्देशन दिएका छन् । 

नगरपालिकाकी सातौैै अधिकृत सन्तोषी नेपालीले स्थानीय बासिन्दाको माग सम्बोधन गर्नको लागि सो बैठक गरेको जानकारी दिइन् । उनले बैठकमा नगरभित्रका यातायात सञ्चालक, जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको बताइन् । 

उनले बैठकमा सहभागी भएका यातायात सञ्चालकले भोलिदेखि बस सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको बताइन् । यातायात सञ्चालकले आफ्नो क्षमता अनुसारको सेवा सञ्चालन गर्ने जनाएका छन् ।

नगरपालिकाभित्र सार्वजनिक यातायातको सञ्चालन गर्नको लागि पालिकाले आवश्यक पहल गर्र्दै आएको उनले बताइन् । स्थानीय बासिन्दाको समस्यालाई मध्येनजर गरी नगरपालिका, स्थानीय बासिन्दा, सहकारी र यातायात सञ्चालकको साझेदारीमा सार्वजनिक यातायात सञ्चालन गर्ने योजना रहेको उनले सुनाइन् । 

व्यवसायीहरुले यातायात सन्चालनमा बाटोको नाजुक अवस्था आफुले भोग्नु परेको समस्याहरु र प्रा .लिहरू बिचको अस्वस्थ्य प्रतिस्पर्धा लगायतका विद्यमान अवस्थासहित नगरपालिकाप्रति आफ्ना माग र अपेक्षा समेत राखे।


नगरपालिकाले सार्वजनिक यातायात   प्रभावकारी  रूपमा सन्चालनको गर्नको लागि देखाएको पहल कदमको खुलेर प्रशंसा समेत गरेका छन ।

साथै, नगरपालिकाले एक साता अघि पालिका क्षेत्रमा विद्युतीय यातायात परिक्षण गरेको छ । सो परिक्षणको विस्तृत प्रतिवेदन आउन बाँकी छ ।