close

पोखराले महानगरभित्रका सबै सालिकहरुको व्यवस्थापन गर्ने

पोखराले महानगरभित्रका सबै सालिकहरुको व्यवस्थापन गर्ने

Trulli
ADVERTISEMENT

कास्की– पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन गरिने भएको छ ।

शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले सडकमा रहेका सालिकहरू महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी एक महिना भित्र स्थानान्तरण/व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

सर्वदलीय/सर्वपक्षीय बैठकको निर्णयमा भनिएको छ, ‘पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै सबै सालिकहरूको सम्बन्धमा महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी एक महिना भित्र स्थानान्तरण/व्यवस्थापन गर्ने निर्णय गरियो ।’

निर्णय अनुसार एक महिना भित्र सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन गरिनेछ । पोखरा महानगरपालिकाले पोखरामा चोकहरूमा रहेका सालिकहरूको व्यवस्थापन पोखरा १८ स्थित विभूति पार्कमा गर्दै आएको छ ।