close

विपद् व्यवस्थापन सिन्धुलीमा सशस्त्रको बेश स्थापना

विपद् व्यवस्थापन सिन्धुलीमा सशस्त्रको बेश स्थापना

Trulli
ADVERTISEMENT

सिन्धुली - गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेश स्थापना गरिएको छ  । प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन)ले बिहिबार  उद्घाटन गरी बेशको स्थापना गरिएको हो । 

सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीबाट करीव ४० किलोमिटर उत्तरतर्फ स्थापना भएको सो बेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् उद्धारका आवश्यक सामाग्रीसहितको टोली खटिएको छ । काठमाडौंदेखि करीव २ सय १० किलोमिटर बर्दिवास सम्मको सिन्धुली बिपी हाईवेमा हुनसक्ने अन्य घटनाहरुको समेत मध्यनजर राख्दै सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापना बेश स्थापना भएको हो ।


 सशस्त्र प्रहरी बल नेपालले यसअघि मुलघाट धनकुटा, निजगढ बारा, आदमघाट धादिङ, बेनी म्याग्दी, भालुवाङ्ग दाङ्ग, चिप्ले सुर्खेत र अमरगढी डडेलधुरा गरी ७ ठाउँमा विपद् व्यवस्थापन बेश स्थापना गरिसकेको छ । मनसुनजन्य क्षति न्यूनिकरण र उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले सात वटै बाहिनी मुख्यालयहरुमा एकरएक प्लाटुन, नंम्बर ९ पशुपतिनाथ बाहिनी काठमाडौंमा एक प्लाटुन, १० वटा शिक्षालयमा एकरएक प्लाटुन, सम्पूर्ण गणहरुमा एकरएक प्लाटुन तथा गुल्म र अन्य युनिटहरुमा एकरएक सेक्सन आवश्यक सामाग्री सहित तालिम प्राप्त विपद् उद्धार टोली तयारी हालतमा राखेको सशस्त्र प्रहरी नायव उपरीक्षक सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।
      
यसैगरी रेस्क्यु टावर फेवाताल कास्की र रेस्क्यु टावर नारायणी नदि किनार चितवनमा समेत विपद् उद्धार टोली परिचालित छ ।