close

चन्द्रागिरी लप्सी हव बन्दै

चन्द्रागिरी लप्सी हव बन्दै

Trulli
ADVERTISEMENT

काठमाडौं - चन्द्रागिरी नगरपालिकाले वन तथा सार्वजनिक क्षेत्रमा फलफूलको विरुवा रोप्न थालेको छ । नगरपालिकाले स्थानीय बन समिति, महिला समूह तथा अन्य सामाजिक संस्थासाग समन्वय  गरी फलफूलको विरुवा रोप्न थालेको हो । 

नगरपालिकाको अनुसार  पालिकाभित्रको वन तथा सार्वजनिक स्थानमा लप्सी, अम्बा, एभोकाडो, बाँस लगायत अन्य उत्पादन र आय आर्जन मुलक रुख बिरुवा रोप्ने र सम्बर्धन प्रबर्धन गर्ने कार्य शुरु गरेको हो । एक औपचारिक कार्यक्रमका बीच नगर प्रमुख घनश्याम गिरीज्युले बिरुवा हस्तान्तरण गरेका थिए । 

 नगरप्रमुख गिरीले चालू आर्थिक वर्ष २०८०/०८१ मा १०,००० लप्सीको बिरुवा रोप्ने लक्ष्य रहेको बताए । नगरपालिकाले वन समिति, महिला समूह तथा अन्य सामाजिक संस्थालाई नगरपालिकाले बिरुवा उपलब्ध गराउनुका साथ साथै उक्त बिरुवाको संरक्षणको लागि पनि कार्यविधि तयार गरि बजेट उपलब्ध गराइन् बताए । 

 नागरिकको लागि उत्पादन र रोजगारसंगै आय आर्जनसंग जोड्ने नगरपालिकाको लक्ष्य रहेकोमा यस किसिमको नगदे रुख बिरुवाको उत्पादनले नगरबासीको सामाजिक र आर्थिक स्थितिको प्रबर्धनमा भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । विशेष गरि लप्सी उत्पादनको लागि यस क्षेत्रको मौसम र भूगोल पनि सहज भएको हुदाँ यस नगरलाई लप्सी उत्पादनको हबको रुपमा परिचित गराउने बताए ।