close

समितिको निर्णयविना सहकारीमा ऋण

समितिको निर्णयविना सहकारीमा ऋण

Trulli
ADVERTISEMENT

भक्तपुर - भक्तपुर नगरपालिकाभित्र सञ्चालित केही सहकारी संस्थामा  समितिको निर्णयविना नै ऋण दिने गरेका पाइएको छ । नगरपालिकाले गरेको अनुगमनबाट सो पाइएको हो । 

नगरपालिका सहकारी अनुगमन समितिका संयोजनक हरिप्रसाद बासुकलाको अनुसार पालिकाभित्र सञ्चालित अधिकांश सहकारी विभिन्न समस्याबाट गुज्रिदै आएका छन् । उनले समितिको नेतृत्वमा भक्तपुर नपा वडा नंम्बर ७ स्थित बागमती प्रदेशअन्तर्गतका बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेको बताए। 

अनुगमन भएको अधिकांश सहकारी संस्थाले नगरपालिकालाई मासिक प्रतिवेश पेश नगरेको, विना धितो ऋण प्रदान गरेको, केही वर्षदेखि घाटामा सञ्चालन गरेको पाईएको छ । साथै ११ वर्षदेखि सञ्चालक परिवर्तन नभएको, मासिक बचत गर्ने कम रहेको र घाटामा गए पनि लाभांश वितरण गरेको पाइएको छ । 

मुद्दतीलाई बढी ब्याज वितरण गरिएको, सामुदायिक हितको निम्ति गतिविधि नगरेको र सञ्चालक र कर्मचारीलाई सहकारीबारे ज्ञान नभएको सहकारी उनले बताए ।