close

मालिकामा बालअधिकारसम्बन्धि ११ बुँदे घाेषणाापत्र सार्वजनिक

मालिकामा बालअधिकारसम्बन्धि ११ बुँदे घाेषणाापत्र सार्वजनिक

Trulli
ADVERTISEMENT

म्याग्दी -  मालिका गाउँपालिकामा बालअधिकारको सुनिश्चितता, संरक्षण तथा प्रवद्र्धन गर्न ११ बुँदे ‘मालिका गाउँपालिका घोषणापत्र’ जारी गरिएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा मालिका–६ दरबाङस्थित जनप्रिय माध्यमिक विद्यालयमा आयोजित बाल कचहरीबाट उक्त घोषणापत्र जारी गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजा अनुसार घोषणापत्रमा बालविवाह, विभेद, बालमजदुरजस्ता सामाजिकविरुद्ध सामूहिक आवाज उठाउन र त्यस्ता घटनाको न्यूनीकरणमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाइएको छ । उनले महिनावारीको समयमा सरसफाइ व्यवस्थापनका लागि उपलब्ध गराइदै आएको सेनेटरी प्याडको निरन्तररुपमा गुणस्तर अनुगमन गर्ने र गुणस्तरीय प्याड उपलब्ध गराउने प्रतिबद्धता जनाए । 

 ‘बिहेवारी २० वर्ष पारी’ भन्ने मूल नारालाई आत्मसात् गर्दै बालविवाह जस्तो सामाजिक कुसंस्कार तथा कानुनी अपराधको विरुद्ध एकजुट भएर लाग्न आवश्यक रहेकामा जोड दिएकाे उनले पालिकाखबरलाई जानकारी दिए । गाउँपालिकाले बालमैत्री स्थानीय शासन घाेषणाकाे तयारी गर्दै आएकाे उनले बताए ।

उनले शैक्षिक गुणस्तर वृद्धि गर्न भौतिक कक्षा सँगसँगै अनलाइन कक्षा र प्रविधिमैत्री शिक्षामा जोड दिइने बताए।