close

धनकुटामा यात्रु सहायता कक्ष

धनकुटामा यात्रु सहायता कक्ष

Trulli
ADVERTISEMENT

धनकुटा - चाड–पर्वलाई लक्षित गर्दै बिहीबारबाट धनकुटा बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी संघको संयुक्त पहलमा यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको हो ।

यात्रु सहायता कक्षको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले गन्तव्यमा हिँडेका यात्रुहरुलाई ठगीमा पर्नबाट यसले जोगाउने विश्वास व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले यातायात व्यवसायी, यातायात मजदुर, टोल विकास समितिका प्रतिनिधिहरुले यात्रु सहायता कक्षमा रहेका प्रहरी, यातायात मजदुर र ट्राफिकको सहयोगले ठगिनवाट जोगिएर सही गन्तव्यमा पुग्न मद्दत पुग्ने विचार व्यक्त गरे । धनकुटा बसपार्कहुँदै विभिन्न स्थानका लागि लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन हुने गरेका छन्।