close

दलित बस्तीमा खानेपानीको व्यवस्था

दलित बस्तीमा खानेपानीको व्यवस्था

Trulli
ADVERTISEMENT

सिराहा- सुखीपुर नगरपालिकाले दलित बस्तीमा खानेपानीको व्यवस्था गर्ने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार दलित बस्तीमा खानेपानीको धारा जडान गर्न लागेको हो । 

नगरपालिकाका प्रमुख राम रौतर यादवका अनुसार एक घर एक धारा कार्यक्रममार्फत धारा वितरण गर्न लागेको हो । खानेपानी वितरणका लागि आवश्यक बजेट नगरपालिकाले नै व्यर्होने उनले पालिका खबरलाई बताए । 

उनका अनुसार चालू आवमा पालिकाभित्रका १० वटै वडामा खानेपानीको धारा वितरण गरिनेछ । नगरपालिकामा खानेपानीको अभाव भएकाले बोर्डिङमार्फत व्यवस्थापा हुने उनको भनाइ छ ।