close

धनकुटामा बजार अनुगमन तीब्र, ५५ हजार बराबरका म्याद गुज्रेका खाद्यबस्तु नष्ट

धनकुटामा बजार अनुगमन तीब्र, ५५ हजार बराबरका म्याद गुज्रेका खाद्यबस्तु नष्ट

Trulli
ADVERTISEMENT

धनकुटा - दशै लगायत चाडपर्व नजिकिएसँगै स्थानीय प्रशासन धनकुटाले बजार अनुगमनलाई प्राथमिकता दिएको छ। जिल्ला प्रशासन कार्यालाय धनकुटाको नेतृत्वमा खाद्य प्रविधि गुण नियन्त्रण डिभिनज कार्यालाय, घरेलु तथा साना उद्योग कार्यालाय धनकुटा र राष्ट्रिय उपभोक्त संघ धनकुटाले संयुक्त रुपमा अनुगमनलाई तीब्रता दिएका हुन् । 

अनुगमन टोलीले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गर्न सुरु गरेको हो । चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले अनुगमन तीब्र पारिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए । 

सोही क्रममा अनुगमन टोलीले धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नं.–६ स्थित सिधुवा बजारमा खुद्र तथा किराना पसल अनुगमन गरेको छ। बजारका आधा दर्जन भन्दा बढी खुद्रा तथा किराना पसलहरुमा अनुगमन गरी ५५ हजार भन्दा बढीका म्याद गुज्रिएका खाद्यबस्तु नष्ट गरीएको हो। बजारका अधिकांस खुद्रा तथा किराना पसलमा म्याद गुज्रेका खाद्य बस्तु फेला परेका थिए।

म्याद गुज्रेकामा खानेकुरा र पेयपदार्थ पाइएको थियो। उक्त म्याद गुज्रेका खाद्यबस्तुहरु जफत गरी स्थानिय जनप्रतिनिधि, प्रहरीको रोहबरमा आगो लगाई नस्ट गरीएको छ। त्यस्तै अनुगमनका क्रममा उक्त पसलहरुलाइ म्याद गुज्रेका खाद्यबस्तु आगामी दिनमा नवेच्न सुझाव तथा चेतवनी समेत दिइएको जिल्ला प्रशासन कार्यलयका प्रमुख प्रशासकिय अधिकृत अंकित मग्रातीले बताए। प्रशासनले धनकुटाका अन्य बजारमा पनि अनुगमन गरि म्याद गुज्रेका सामान नष्ट गर्ने जनाएको छ।