close

एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य सोमबार एकै दिन एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर १ लाख ८ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक हजार १ लाख ८ हजार एक सय रुपैयाँमा कायम भएको हो ।

अघिल्लो दिनछापावाला सुन प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा र कारोबार भएको थियो । 

त्यसैगरी,चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेकोे छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।