close

कतारका विदेश राज्यमन्त्री आज नेपाल आउने

कतारका विदेश राज्यमन्त्री आज नेपाल आउने

Trulli
ADVERTISEMENT

काठमाडौं- कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीस आज काठमाडौं आउँदैछन् । 

नेपाल आएर उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्री एनपी साउदसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालको दुई दिने औपचारिक भ्रमण भ्रमण सम्पन्न गरी राज्यमन्त्री अल–मुरैखीस शुक्रबार स्वदेश प्रस्थान गर्नेछन् ।